१५ कात्तिक २०८३ English
English

हरिवंश अभिनीत फिल्म 'चिरञ्जीवी भवः' को पोस्टर सार्वजनिक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हरिवंश अभिनीत फिल्म 'चिरञ्जीवी भवः' को पोस्टर सार्वजनिक

YouTube मा सब्स्क्राइब

निर्देशक दीपकप्रसाद आचार्य 'काकु'को नयाँ फिल्म 'चिरञ्जीवी भवः'का दुईवटा पोस्टर शनिबार सार्वजनिक भएका छन्। निर्माण टोलीले फिल्मको पहिलो झलकका रूपमा यी पोस्टर ल्याएको हो। पोस्टरमा मुख्य भूमिकाका हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी देखिनुभएको छ।

फिल्ममा हरिवंश 'चिरञ्जीवी बाजे'का रूपमा देखिँदै हुनुहुन्छ। पहिलो पोस्टरमा सेतो कपाल, जुँगा र नयाँ ढाका टोपीमा हरिवंश गम्भीर मुद्रामा हुनुहुन्छ भने आशीर्वाद र प्रशंसा हँसिला देखिनुहुन्छ। क्याजुअल पहिरनका आशीर्वाद कसैतिर हेरेर मुस्कुराइरहनुभएको छ भने प्रशंसा बुट्टेदार चोली र सारीमा हुनुहुन्छ।

पोस्टरको पृष्ठभूमिमा मन्दिर र शीर्षकसँगै एउटा खाम राखिएको छ। दोस्रो पोस्टरमा दौरासुरुवाल र ज्वारीकोटमा सजिएका हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ। निर्देशक आचार्यले यसअघि सफल फिल्म 'परान' बनाउनुभएको थियो।

स्रोत

सम्बन्धित समाचार