१५ कात्तिक २०८३ English
English

दिल्लीमा विपक्षी दलको महार्‍याली, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दिल्लीमा विपक्षी दलको महार्‍याली, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग

YouTube मा सब्स्क्राइब

भारतको राजधानी नयाँदिल्लीमा विपक्षी दलहरूले आइतबार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै महार्‍याली गरेका छन्। कांग्रेसको नेतृत्वमा भएको र्‍यालीमा विपक्षी गठबन्धन ‘इन्डिया’का दलहरू सहभागी भएका छन् भने जेनजी नेतृत्वको दबाब समूह ‘कक्रोच जनता पार्टी’ले समर्थन जनाएको छ। रामलीला मैदानमा बिहानैदेखि दशौँ हजार मानिस भेला भएका थिए।

र्‍यालीको अगुवाइ कांग्रेस नेता राहुल गान्धीले गर्नुभएको थियो। विभिन्न राज्यबाट आएका कार्यकर्ताले झन्डा र बाजागाजासहित केन्द्र सरकारका नीतिविरुद्ध नारा लगाएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई सत्ताबाट हटाउने लक्ष्यसहित सन् २०२३ मा यो गठबन्धन बनेको थियो।

नयाँदिल्लीमा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको केही साता नबित्दै यो र्‍याली भएको हो। विवादको केन्द्रमा मतदाता सूची पुनरावलोकन छ, जसअन्तर्गत मस्यौदा सूचीबाट करिब १३ करोड नाम हटाइएको छ। दर्ता भएको ठेगाना छाडेर बसाइँ सरेकालगायतका व्यक्तिको नाम हटाएर सूची अद्यावधिक गर्न पुनरावलोकन गरिएको निर्वाचन आयोगको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार