१५ कात्तिक २०८३ English
English

जर्मनीमा महँगी र अनिवार्य सैन्य सेवाविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसल लुटपाट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

जर्मनीमा बढ्दो महँगी, सरकारी खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएका प्रदर्शन हिंसात्मक बनेका छन्।

शनिबार राति जर्मनीको वित्तीय राजधानी फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गरेका छन्। फ्र्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसाका घटना भएका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको छ।

शनिबार जर्मनीभर युवाहरू सडकमा उत्रिएका थिए। उनीहरूले बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट अभाव तथा सम्भावित अनिवार्य सैन्य सेवा पुनर्बहालीको विरोध गरेका हुन्।

जेनजी पुस्ताका युवाको सहभागितामा भएको प्रदर्शन राजधानी बर्लिनसहित विभिन्न सहरमा फैलिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार