बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, ८ कामदार घाइते, २ जना लखनउ रिफर
बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आइतबार बिहान आगलागी हुँदा आठ जना कामदार घाइते भएका छन्।
आगलागी बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने भट्टी रहेको क्षेत्रमा भएको हो। कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी सञ्चालनमा थिए।
बिजमाण्डूका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो।
घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेकाले उनीहरूलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। अन्य घाइतेको उपचार भइरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


