सरकारले २ हजार युवालाई निःशुल्क अनलाइन एआई तालिम दिने, आवेदन खुला

सरकारले युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बुद्धिमत्तासम्बन्धी तालिम दिने भएको छ। दुई हजार जनाका लागि निःशुल्क अनलाइन तालिम सञ्चालन गरिने भएको हो।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत यो तालिम सञ्चालन गरिनेछ। युवाहरूलाई एआईसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको जनाइएको छ।
तालिममा सहभागी हुन चाहने युवाका लागि आवेदन खुला गरिएको छ। तालिम पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन हुने र सहभागीले कुनै शुल्क तिर्नु नपर्ने जनाइएको छ।
सरकारले पहिलो चरणमा दुई हजार युवालाई यस्तो तालिम दिने लक्ष्य राखेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


