१५ कात्तिक २०८३ English
English

डोल्पामा हिमपातपछि ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा सेना परिचालन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो तालतर्फ आउँदै गरेका ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष छन्।

उनीहरू डोल्पो बुद्ध गाउँपालिकाबाट धो हुँदै फोक्सुन्डो तालतर्फ यात्रा गरिरहेका थिए। उच्च हिमाली क्षेत्रका पासमा उनीहरू सम्पर्कविहीन भएका हुन्। थाहाखबरका अनुसार पर्यटकहरू शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचको क्षेत्रमा सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन पर्यटकको खोजीका लागि सेना परिचालन गरिएको छ। उनीहरूको उद्धारका लागि हेलिकप्टर पनि माग गरिएको छ।

शे–फोक्सुन्डो डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य हो। अत्यधिक हिमपातपछि उक्त क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सम्पर्क टुटेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार