महाकाली सिँचाइ आयोजना तेस्रो चरण: संरचना तयार, तर नहरमा पानी आएन

कञ्चनपुर । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि नहरमा पानी आउन सकेको छैन। आयोजनाअन्तर्गत ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्मको क्षेत्र समेटिएको छ।
नेपाल प्रेसका अनुसार आयोजनामा १३ अर्ब रुपैयाँका पूर्वाधार बनेका छन्। तर नहरमा पानी आउने आधार भने अझै तय भएको छैन।
टनकपुरस्थित एनएचपीसीका कर्मचारीले दिल्लीबाट आदेश आउनेबित्तिकै पानी छोड्ने जवाफ आयोजना कार्यालयलाई दिने गरेका छन्। दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त आयोजनाको उद्घाटन गरेका थिए।
संरचना तयार भइसकेपछि पनि नहरमा पानी नआउँदा आयोजनाबाट लक्षित क्षेत्रमा सिँचाइ सुविधा पुग्न सकेको छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

