बाराको फेटा घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन, इन्स्पेक्टरको जिम्मेवारी खोसियो

बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानबिन समिति बनाइएको हो।
घटनामा प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेपछि प्रहरीले छानबिन सुरु गरेको हो। घटनासँग सम्बन्धित एक प्रहरी इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइएको छ।
फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पतालको उद्घाटनलाई लिएर उत्पन्न विवादले शनिबार उग्र रूप लिएको थियो। झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय आदित्य पासवान गम्भीर घाइते भएका थिए।
प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी पनि घाइते भएका थिए। गठित समितिले झडप र गोली प्रहारको घटनाबारे अनुसन्धान गर्नेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


