१५ कात्तिक २०८३ English
English

चार जोखिमयुक्त हिमतालको पानी घटाइने, बाढी नियन्त्रणमा साढे सात अर्ब खर्च गरिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चार जोखिमयुक्त हिमतालको पानी घटाइने, बाढी नियन्त्रणमा साढे सात अर्ब खर्च गरिने
तस्बिर: अनलाइनखबर

सरकारले हिमताल विस्फोटबाट हुनसक्ने विपद् न्यूनीकरण गर्न चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने भएको छ।

मनाङ, संखुवासभा र सोलुखुम्बुमा रहेका चार हिमतालको पानी घटाउने योजना सरकारले अघि सारेको हो। यसका साथै चार प्रमुख नदीमा बाढी पूर्वसूचना प्रणाली विस्तार गरिनेछ।

बाढी नियन्त्रणसम्बन्धी यी काममा साढे सात अर्ब रुपैयाँ खर्च गरिने जनाइएको छ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो र बाढीपहिरोको जोखिम बढ्दै गएपछि सरकारले यो योजना अघि सारेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार