१५ कात्तिक २०८३ English
English

पहिलो त्रैमासमा २० वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड, नबिलको २ अर्ब ५५ करोड

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पहिलो त्रैमासमा २० वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड, नबिलको २ अर्ब ५५ करोड
तस्बिर: रातोपाटी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त) सम्ममा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन्। २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको नाफा बढेको छ।

ब्याज आम्दानी प्रभावित भए पनि कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) घटेकाले बैंकहरूको नाफा बढेको हो।

नबिल बैंकले यस अवधिमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा ४५.४ प्रतिशतले बढेको हो र प्रतिसेयर आम्दानी ३३.८९ रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र कर्जा असुलीमा सुधार आएको बैंकले जनाएको छ।

बैंकहरूले सार्वजनिक गरेका विवरणअनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा १ अर्ब १८ करोड र कुमारी बैंकको १ अर्ब ७ करोड माथि पुगेको छ। माछापुच्छ्रे बैंकको नाफा ३२ प्रतिशतले बढेर ५५ करोड ११ लाख, प्रभु बैंकको ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख र एनआइसी एसिया बैंकको ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ। लक्ष्मी सनराइज बैंकको नाफा ९६.४१ प्रतिशत र एनएमबि बैंकको २७.११ प्रतिशतले बढेको छ भने सिटिजन्स बैंक घाटाबाट नाफामा फर्किएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार