१६ कात्तिक २०८३ English
English

डेभिड वार्नर नेपाल आइपुगे, सोमबार काठमाडौँ र कर्णालीबीच भिडन्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
डेभिड वार्नर नेपाल आइपुगे, सोमबार काठमाडौँ र कर्णालीबीच भिडन्त

YouTube मा सब्स्क्राइब

अस्ट्रेलियाका स्टार ओपनर डेभिड वार्नर नेपाल प्रिमियर लिग खेल्न काठमाडौँ आइपुगेका छन्। तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजसँग अनुबन्धित वार्नर आइतबार राति नेपाल आएका हुन्। टोलीले उनलाई सोमबार कर्णाली याक्सविरुद्धको खेलमा उतार्ने तयारी गरेको छ।

लिगको दशौँ खेलका रूपमा यो भिडन्त दिउँसो साढे १२ बजे सुरु हुनेछ। काठमाडौँ अझै पहिलो जितको खोजीमा छ र उसले जनकपुर बोल्ट्ससँग ८ विकेटले हार बेहोरेको थियो। सोमपाल कामीको कप्तानीमा कर्णाली भने अहिलेसम्म अपराजित छ।

उसले जनकपुरलाई १९ रन र विराटनगर किङ्सलाई ४ विकेटले हराएको छ। कर्णालीले यसैबीच बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई बाँकी खेलका लागि अनुबन्ध गरेको छ। कर्णाली याक्स स्पोर्ट्सका अध्यक्ष गृहेन्द्र घिमिरेका अनुसार पछिल्लो समयको राम्रो लयका कारण जिशनलाई ल्याइएको हो र उनको आगमनले टोलीको शीर्ष क्रम बलियो हुनेछ।

उनी कर्णालीमा अनुबन्ध हुने तेस्रो बङ्गलादेशी खेलाडी हुन्। जिशनले यसअघि नेपालविरुद्ध पनि राम्रो प्रदर्शन गरेका थिए। सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

स्रोत

सम्बन्धित समाचार