सुदूरपश्चिममा स्टार्टअप तथा इनोभेसन समिट सुरु

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्टार्टअप कर्जाको अवधि ५ वर्षबाट बढाएर १० वर्ष बनाउन सरकारसँग माग गर्नुभएको छ। कैलालीको धनगढीमा कात्तिक १५ गते सुरु भएको सुदूरपश्चिम प्रदेश नवप्रवर्तन समिट २०८३ को उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो। महासंघ, सुदूरपश्चिम विश्वविद्यालय र कैलाली बहुमुखी क्याम्पसले संयुक्त रूपमा यो समिट आयोजना गरेका छन्।
ठूला र नवप्रवर्तनकारी परियोजनालाई २ करोडदेखि ५ करोड रुपैयाँसम्म कर्जा दिने व्यवस्था हुनुपर्ने पनि श्रेष्ठको माग छ। उपभोग्य वस्तुदेखि रोजगारीसम्म विदेशमाथि निर्भर रहनुपरेको अवस्था बदल्न युवा र महिलालाई उद्यमशीलतामा जोड्नुपर्ने उहाँको धारणा छ। स्वदेशमै उत्पादन र रोजगारी बढाउने वातावरण बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।
उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने उहाँको भनाइ छ। नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन करिब ४ खर्ब ६३ अर्ब रुपैयाँ रहने अनुमान गरेको छ। राष्ट्र बैंकले प्रदेशको आर्थिक वृद्धिदर करिब ३.२८ प्रतिशत रहने अनुमान गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


