१५ कात्तिक २०८३ English
English

रौतहटमा लामो समयदेखि अलपत्र दुई पुल र एक सडकको ठेक्का तोडियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रौतहटमा लामो समयदेखि अलपत्र दुई पुल र एक सडकको ठेक्का तोडियो
तस्बिर: रातोपाटी

रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ठेक्का तोडेको हो।

तोडिएका ठेक्कामा चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गतका आयोजना छन्। यसमा दुई पुल र एक सडकको ठेक्का परेका छन्। निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण ती आयोजना रोकिएका थिए।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तीनवटै अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्नुपरेको सास्ती अन्त्य गर्न र सार्वजनिक पूर्वाधार निर्माणलाई गति दिन सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार