१५ कात्तिक २०८३ English
English

सिक्टा सिँचाइ आयोजनाले उपभोक्ता किसानको लगत सङ्कलन थाल्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सिक्टा सिँचाइ आयोजनाले उपभोक्ता किसानको लगत सङ्कलन थाल्यो

YouTube मा सब्स्क्राइब

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुविधा लिने किसानको लगत सङ्कलन गरी त्यसैका आधारमा जल व्यवस्थापन थालेको छ। आयोजना निर्देशक राजु आचार्यका अनुसार पूर्वी र पश्चिमी मूल नहरका शाखा, उपशाखा र प्रशाखाबाट अहिले पानी लिइरहेका र भविष्यमा लिने किसानको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको छ। सिँचाइ सेवा लिन जल उपभोक्ता सदस्यता अनिवार्य भएको र त्यही सदस्यताका आधारमा मूल नहर, शाखा र उपशाखाका सञ्चालन समिति चयन हुने निर्देशक आचार्यले बताउनुभएको छ।

सङ्कलित विवरणका आधारमा सिँचाइ विस्तार र आवश्यक पूर्वाधार निर्माण गरिने उहाँको भनाइ छ। पश्चिमी नहरका पेडारी, अकलघरुवा र पर्सेनीपुर तथा पूर्वी नहरका राजकुलो र फत्तेपुर शाखाका किसान र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेर लगत लिइएको छ। आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ।

जलस्रोत तथा सिँचाइ विभागका अनुसार भदौ मसान्तसम्म आयोजनाले थप करिब १०० हेक्टर जमिनमा सतह सिँचाइ पुर्‍याएको छ। आयोजनाले पुस मसान्तसम्म करिब ३०० हेक्टरमा सिँचाइ पुर्‍याउने र करिब २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने लक्ष्य राखेको छ।

स्रोत

सम्बन्धित समाचार