१५ कात्तिक २०८३ English
English

गिग र प्लेटफर्म कामदारलाई समेट्ने गरी श्रम ऐन संशोधनको तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गिग र प्लेटफर्म कामदारलाई समेट्ने गरी श्रम ऐन संशोधनको तयारी

YouTube मा सब्स्क्राइब

सरकारले गिग वर्कर, प्लेटफर्म वर्कर र अनौपचारिक क्षेत्रका श्रमिकलाई कानुनी दायरामा ल्याउने गरी श्रम ऐन, २०७४ संशोधनको प्रक्रिया अघि बढाएको छ। नोम्याड भिसामा नेपाल आउने विदेशी कामदारलाई पनि ऐनमार्फत व्यवस्थित गर्ने उद्देश्य राखिएको छ। आउटसोर्सिङमार्फत काम गर्ने श्रमिकसम्म समेट्ने गरी संशोधनको तयारी भएको छ।

श्रम बजारका नयाँ स्वरूप र श्रमिकका समस्या हालको ऐनले राम्ररी सम्बोधन गर्न नसकेको भन्दै मन्त्रालयले यही आर्थिक वर्षभित्र संशोधन टुंग्याउने लक्ष्य लिएको छ। संशोधनका लागि गठित सरकारी कार्यदलले प्रस्ताव तयार गरी मन्त्रालयमा बुझाइसकेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले बताउनुभएको छ। अब मस्यौदामाथि सरोकारवालासँग छलफल गरेर अन्तिम रूप दिइनेछ।

महानिर्देशक पाण्डेका अनुसार श्रमिकको अहिलेको अवस्था र आवश्यकताअनुसार कानुनलाई समयसापेक्ष बनाउन संशोधन गर्न लागिएको हो। २०४८ सालमा पहिलोपटक बनेको श्रम ऐनलाई २०७४ मा नयाँ ऐनले प्रतिस्थापन गरेको थियो।

स्रोत

सम्बन्धित समाचार