१५ कात्तिक २०८३ English
English

पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेल आयोजना अघि बढ्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेल आयोजना अघि बढ्यो

YouTube मा सब्स्क्राइब

प्रकृति, संस्कृति र साहसिक पर्यटनका लागि चिनिने पोखरालाई दिगो पर्यटनको गन्तव्य बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले नयाँ आयोजना अघि बढाएको छ। शहरका नौवटै ताललाई साइकल ट्रेल र सडक सञ्जालले जोड्ने यो आयोजनाको लागत करिब १ अर्ब ५२ करोड रुपैयाँ छ। महानगरका प्रमुख धनराज आचार्यका अनुसार ट्रेल वडा नम्बर ६ को फेवाताल क्षेत्रबाट सुरु हुनेछ।

साइकल लेनसहितको मार्ग बनेपछि पर्यटक साइकल वा अन्य सवारीसाधनबाट सबै तालसम्म सजिलै पुग्न सक्नेछन्। अहिलेसम्म ओझेलमा रहेका ताल र तिनका वरपरका पर्यटकीय क्षेत्र पनि चलायमान हुने महानगरको अपेक्षा छ। मेयर आचार्यले आयोजनाले पोखरामा पर्यटकको बसाइ कम्तीमा दुई दिन थप लम्ब्याउन मद्दत गर्ने बताउनुभएको छ।

उहाँका अनुसार आयोजनाको उद्देश्य पर्यटकलाई फेवातालमा मात्र नअड्याई अरू ताल र घुम्ने ठाउँसम्म पुर्‍याउनु हो। पोखरालाई यसअघि नै पर्यटनको राजधानी घोषणा गरिसकिएको छ।

स्रोत

सम्बन्धित समाचार