१५ कात्तिक २०८३ English
English

बीपी राजमार्ग खुलाउने काम सुरु, पृथ्वी राजमार्गको मझिमटार खण्ड सोमबार तीन घण्टा बन्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बीपी राजमार्ग खुलाउने काम सुरु, पृथ्वी राजमार्गको मझिमटार खण्ड सोमबार तीन घण्टा बन्द

YouTube मा सब्स्क्राइब

वर्षाका कारण शनिबारदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउन आइतबार बिहानदेखि पहिरो र लेदो पन्छाउने काम सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिकाको गिम्दीबेँसीमा डोजर लगाएर सडक सफा गरिँदै छ। शुक्रबार र शनिबारको अविरल वर्षापछि रोशीको पिनथली र गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो आएर सडक थुनिएको थियो।

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ। काठमाडौँ आवतजावत गर्ने यात्रु र सवारीसाधन यसबाट प्रभावित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गोरखाको आरुघाटमा पक्की पुल बगेपछि त्यहाँको सडक पनि पूर्ण अवरुद्ध छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा पहिरोले मध्यपहाडी लोकमार्गको करिब १५ मिटर खण्ड छोपेको छ। ललितपुरको सुन्दरीघाटमा बागमती खोलाको सतह बढेर करिडोर सडक बन्द छ भने बागमती गाउँपालिकाको पाङ्दुर र टार्कुचेमा पहिरोले कान्ति लोकपथ थुनेको छ। यसैबीच, धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा पृथ्वी राजमार्ग भोलि सोमबार, कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुनेछ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार नागढुङ्गा–मुग्लिङ सडक योजनाले आकाशे पुल निर्माण र सडक स्तरोन्नतिका लागि सबै सवारी रोक्न लागेको हो। कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार