१६ कात्तिक २०८३ English
English

मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

· १ मिनेट पढाइ
मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

YouTube मा सब्स्क्राइब

नेपाल विद्युत् प्राधिकरणले मोरङको कानेपोखरी गाउँपालिका–२ मा बनाएको १३२ केभी क्षमताको केरौन सबस्टेसन कात्तिक १५ गते चार्ज गरी चालु गरेको छ। सबस्टेसनले मोरङको उत्तर र दक्षिण–पूर्वी क्षेत्रमा बिजुली आपूर्ति भरपर्दो बनाउने लक्ष्य राखेको छ। पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको दुहवी–दमक खण्डमा पर्ने यो सबस्टेसनलाई लुप इन, लुप आउट प्रणालीबाट लाइनमा जोडिएको छ।

प्राधिकरणका अनुसार यहाँ तीनवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् र कुल क्षमता झन्डै १५० एमभीए पुगेको छ। रङ्गेली र विराटचोकतर्फ बिजुली पठाउन ३३ केभीका दुई–दुईवटा लाइन बनेका छन्, जुन तिहारअघि चालु गरिनेछन्। स्थानीय वितरणका लागि ११ केभीका पाँचवटा फिडर पनि छिट्टै चार्ज गरिनेछन्।

प्राधिकरणका कार्यकारी निर्देशकका अनुसार सबस्टेसनले मोरङ र आसपासमा बढ्दो बिजुली माग धान्न, वितरण प्रणालीको क्षमता बढाउन र उपभोक्तालाई गुणस्तरीय सेवा दिन मद्दत गर्नेछ।

स्रोत

सम्बन्धित समाचार