१६ कात्तिक २०८३ English
English

विद्यालय शिक्षा पूर्ण निःशुल्क बनाउन सांसदहरूको माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विद्यालय शिक्षा पूर्ण निःशुल्क बनाउन सांसदहरूको माग

YouTube मा सब्स्क्राइब

विद्यालय शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउनुपर्ने माग विभिन्न दलका सांसदहरूले गर्नुभएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विद्यालय शिक्षा विधेयकबारे आइतबार काठमाडौँमा आयोजना गरेको छलफलमा उहाँहरूले शिक्षासम्बन्धी संवैधानिक व्यवस्था पूरै लागू हुनुपर्ने बताउनुभएको हो। सरकारले अहिले विद्यालय शिक्षा विधेयक तयार पारिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कुसुम महर्जनले शिक्षा सुधार सबैको साझा जिम्मेवारी भएको बताउँदै विधेयकमा समेटिनुपर्ने विषयमा गहिरो संवाद गर्न आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसकी सांसद डा. प्रमिलाकुमारी गच्छदारले कुल बजेटको कम्तीमा २० प्रतिशत शिक्षामा छुट्याउनुपर्ने माग राख्नुभएको छ।

नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले विधेयक कार्यान्वयन गर्न सकिने किसिमको हुनुपर्नेमा जोड दिनुभएको छ। एमालेकै सांसद साजिदा खातुन सिद्दिकीले विधेयक बनाउँदा बाहिरी पक्षको प्रभाव पर्न नहुने बताउनुभएको छ। बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले तीन तहबीचको अधिकार बाँडफाँटको अन्योल हटाउनुपर्ने धारणा राख्नुभएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले निःशुल्क र अनिवार्य शिक्षाबारे सरकारले गरेका प्रतिबद्धता पूरा हुने गरी ऐन आउनुपर्ने बताउनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सबैले स्वीकार्ने गरी विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ। अभियानका अध्यक्ष लवराज ओलीका अनुसार सार्वजनिक विद्यालयमा अझै पिउने पानी, शौचालय र अपाङ्गतामैत्री संरचनाको कमी छ।

स्रोत

सम्बन्धित समाचार