१६ कात्तिक २०८३ English
English

म्याग्दीको मङ्गलामा पहिरोले १६६ परिवार प्रभावित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
म्याग्दीको मङ्गलामा पहिरोले १६६ परिवार प्रभावित

YouTube मा सब्स्क्राइब

म्याग्दीको मङ्गला गाउँपालिकामा असोजको दोस्रो साता परेको लगातारको वर्षापछि आएको विपद्ले १६६ परिवार प्रभावित भएका छन्। पाँच वडा रहेको गाउँपालिकाले सङ्कलन गरेको विवरणअनुसार १७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, ७७ घरमा उच्च क्षति पुगेको छ र ७२ घर जोखिममा छन्। पहिरो, बाढी र कटानले ५७२ रोपनी खेतबारी बिगारेको छ भने १२ गोठ पूर्ण र १८ गोठ आंशिक रूपमा भत्किएका छन्।

एउटा ग्रिनहाउस र एउटा पोखरीमा पनि क्षति पुगेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभएको छ। अध्यक्ष रोकाका अनुसार मङ्गला–५ को छिसवाङ, वडा नम्बर २ को भाइवाङ र वडा नम्बर ४ को महेशलाई जोखिमयुक्त बस्ती भनी नक्सामा छुट्याइएको छ। प्रभावित परिवारका लागि अस्थायी बसोबास र राहत वितरणसँगै क्षति विवरण र प्रहरी मुचुल्का तयार गरी पुनर्निर्माण, प्रबलीकरण र पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको छ।

घर गुमाएका र विस्थापित परिवारलाई सुरक्षित गाउँका आफन्त र छिमेकीकहाँ राखिएको छ।

स्रोत

सम्बन्धित समाचार