सार्वजनिक खरिदको नयाँ अनलाइन प्रणाली यसै साताबाट लागू हुने

सार्वजनिक खरिदका लागि प्रयोग हुने विद्युतीय खरिद प्रणाली अर्थात् ई-जीपी नयाँ स्वरूपमा यसै साताबाट पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबु पुडासैनीका अनुसार ठेक्कामा ह्याक गरेर आफूअनुकूल नतिजा निकालिएको भेटिएपछि कार्यालयले पुरानो प्रणाली बन्द गरेको थियो। उहाँका अनुसार नयाँ प्रणाली एक सफ्टवेयर विकास कम्पनीले करिब दुई महिनामा तयार पारेको हो।
सचिव पुडासैनीले प्रणाली प्रत्यक्ष रूपमा चालु भइसकेको र यसै साताबाट पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ। कार्यालयका प्राविधिकले विभिन्न चरणमा परीक्षण गरेपछि मात्र प्रणाली सञ्चालनमा ल्याउन लागिएको उहाँको भनाइ छ। उहाँले नयाँ प्रणालीमा ह्याकिङको जोखिम निकै कम रहेको दाबी गर्नुभएको छ।
सचिव पुडासैनीका अनुसार अर्बौँ रुपैयाँका ठेक्कामा यस्तो विकृति देखिएको थियो र त्यसमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ह्याकर संलग्न थिए। सरकारी संयन्त्रले ठेक्कामा देखिएको यस्तो विकृति हटाउन सफलता पाएको उहाँको दाबी छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

