डोल्पामा हिउँमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार सुरु

डोल्पाको उपल्लो हिमाली क्षेत्रमा हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास सुरु भएको छ। दुई महिला र चार पुरुष रहेको यो समूह बाक्लो हिउँ जमेर बाटो बन्द भएपछि शे–फोक्सुण्डो गाउँपालिकाको दानीगढमा रोकिएको छ। समूह डोल्पोबुद्ध गाउँपालिकाको धोबाट फोक्सुण्डो ताल फर्कंदै गर्दा हिमपातमा परेको हो।
जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा उनीहरू फसेको सूचना आएको थियो। उनीहरू आवश्यक प्रशासनिक अनुमति नलिई र तोकिएको पदमार्ग छाडेर हिमाली क्षेत्र पुगेका थिए। उपल्लो डोल्पामा १२ कात्तिकदेखि सबै पदयात्रीको आवतजावतमा रोक लगाइएको थियो भने स्थानीयले पनि यात्रा नगर्न सचेत गराएका थिए।
पर्यटक रहेको ठाउँमा मोबाइल नेटवर्क नभएकाले उनीहरूसँग फोन सम्पर्क हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको सम्पर्कमा छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

