१६ कात्तिक २०८३ English
English

देउवा पक्षका जिल्ला सभापति चयन, नेविसंघ अध्यक्षमा सृजना मल्ल

· १ मिनेट पढाइ
देउवा पक्षका जिल्ला सभापति चयन, नेविसंघ अध्यक्षमा सृजना मल्ल

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन लक्षित जिल्ला अधिवेशनमार्फत विभिन्न जिल्लामा नयाँ सभापति चयन गरेको छ। चितवनमा मिलनबाबु श्रेष्ठ सभापति चुनिनुभएको छ भने उपसभापतिमा दीपक अधिकारी र सचिवमा घनश्याम पौडेल ‘श्याम’ चयन हुनुभएको छ। आइतबार तौलिहवामा भएको कपिलवस्तु अधिवेशनबाट राजेशबहादुर सिंह निर्विरोध सभापति बन्नुभएको छ, जहाँ अन्य पदाधिकारी पनि निर्विरोध चुनिएका छन्।

झापामा शनिबार बिर्तामोडमा सम्पन्न अधिवेशनले कृष्ण हुमागाईंलाई निर्विरोध सभापति चुनेको छ। प्युठानमा पनि आइतबार प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा निर्विरोध सभापति निर्वाचित हुनुभएको छ। प्युठान अधिवेशनले ३५ सदस्यीय जिल्ला कार्यसमिति र ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतिमा चयन गरेको छ।

यसैबीच देउवा पक्षले भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको अध्यक्षमा पर्वतकी सृजना मल्ललाई मनोनीत गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा.

शशांक कोइरालाले कात्तिक १२ गते पत्र दिएर मल्ललाई जिम्मेवारी सुम्पनुभएको हो। पत्रमा मल्ललाई ६ महिनाभित्र नेविसंघको महाधिवेशन गराउन निर्देशन दिइएको छ। कोइरालाले यसअघि तरुण दलको अध्यक्षमा काभ्रेका दिल लामालाई मनोनीत गर्नुभएको थियो।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। केन्द्रमा देउवा र गगनकुमार थापा पक्षबीच पार्टीको आधिकारिकताबारे विवाद चलिरहेका बेला यी अधिवेशन भएका हुन्।

स्रोत

सम्बन्धित समाचार