स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

स्याङ्जाको वालिङमा आइतबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्याक्टर आइतबार साँझ वालिङ नगरपालिका–९ गाइस्वारामा पल्टिएको हो। दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चार जनाको विस्तृत विवरण तथा दुर्घटनाको कारणबारे थप जानकारी सार्वजनिक भइसकेको छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


