डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण, थप उपचारका लागि विराटनगर सिफारिस

प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा पुगेको इलाम अस्पतालले जनाएको छ। अनशन सुरु गरेको चार दिनपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो।
आइतबार अस्पतालको सभाकक्षमा पत्रकार सम्मेलन गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा रहेको जानकारी दिए। अस्पतालले उनको अवस्थालाई ज्यान जोखिममा पर्न सक्ने खालको भनेको छ।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि जिल्ला अस्पताल इलामले उनलाई थप उपचार दिन आवश्यक प्रबन्ध मिलाउन कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय, विराटनगरमा सिफारिस गरेको छ।
डा. केसी इलाम अस्पतालमा उपचाररत छन्। अस्पतालले उनको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

