१५ कात्तिक २०८३ English
English

प्रधानमन्त्री बालेन शाहको चेतावनी: एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रधानमन्त्री बालेन शाहको चेतावनी: एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
तस्बिर: थाहाखबर

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले 'एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ' भन्दै चेतावनी दिएका छन्।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो चेतावनी दिएका हुन्। उनले स्ट्याटसमा कुनै प्रसंग वा व्यक्तिको नाम उल्लेख गरेका छैनन्।

प्रधानमन्त्री शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्। उनले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने आशय व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको यो स्ट्याटस कुन विषयसँग सम्बन्धित हो भन्ने उनले खुलाएका छैनन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार