१५ कात्तिक २०८३ English
English

गृहमन्त्री गुरुङले गोरखामा निजी सचिवालय खोले, जिल्लाका समस्या समाधानको प्रतिबद्धता

· १ मिनेट पढाइ
गृहमन्त्री गुरुङले गोरखामा निजी सचिवालय खोले, जिल्लाका समस्या समाधानको प्रतिबद्धता

YouTube मा सब्स्क्राइब

गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लाका समस्या समाधान हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रियामा उहाँले सरकारमा आएको ६ महिना मात्र भएको उल्लेख गर्दै जिल्लाको विकासका लागि आवश्यक पहल गर्ने बताउनुभएको हो। गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गर्दै उहाँले नागरिकका अपेक्षालाई गम्भीर रूपमा लिने बताउनुभएको छ।

अन्तरक्रियामा सहभागीहरूले पर्यटकीय सम्भावना भए पनि गोरखा पूर्वाधार विकासमा पछि परेको गुनासो गरेका छन्। किसानले तरकारीलगायत उत्पादनको उचित बजार र मूल्य नपाएको भन्दै उनीहरूले स्वदेशी उत्पादनलाई बजारमा प्राथमिकता दिन माग गरेका छन्। बुढीगण्डकीको बाढीले केही साताअघि बगाएको पुल पुनर्निर्माणको पहल गरेकोमा सहभागीले गृहमन्त्रीलाई धन्यवाद दिएका छन्।

गोरखाका मानिसहरूले भाषण र आश्वासनभन्दा काम गरेर देखाउने नेतृत्व चाहेको धारणा राखेका छन्। यसैबीच, गृहमन्त्री गुरुङले गोरखा सदरमुकाममा आफ्नो निजी सचिवालय उद्घाटन गर्नुभएको छ। मतदाताका समस्या सुन्न सचिवालय राखिएको उहाँले बताउनुभएको छ।

उहाँले गोरखा दरबार पुगेर गोरखकाली मन्दिरको दर्शन पनि गर्नुभएको छ। नयाँ पुस्ता सक्षम छ भन्ने प्रमाण भाषणले होइन, कामले दिनुपर्ने उहाँले बताउनुभएको छ। पाँच वर्षभित्र काम गरेर परिणाम देखाउनु सरकारको जिम्मेवारी भएको उहाँको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार