१५ कात्तिक २०८३ English
English

प्रश्न उठेका न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउन रास्वपाका १४ सांसदको सुझाव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रश्न उठेका न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउन रास्वपाका १४ सांसदको सुझाव
तस्बिर: अनलाइनखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित कानुन व्यवसायी पृष्ठभूमिका १४ जना सांसदले प्रश्न उठेका न्यायाधीशमाथि महाभियोगको प्रक्रिया सुरु गर्न पार्टीलाई सिफारिस गरेका छन्।

महाभियोगबारे छलफल गरेका ती सांसदहरूले महाभियोग सिफारिस समिति बनाएर छानबिन गर्नुपर्ने राय पार्टी नेतृत्वलाई दिएका छन्।

सत्तारुढ दल रास्वपा न्यायाधीशहरू गम्भीर विचलन र अनुचित साँठगाँठमा मुछिएको निष्कर्षसहित न्यायालय सुधार र पुनर्संरचनाको कदम चाल्ने निर्णयमा पुगेको छ। यसबारे विपक्षी दलका नेताहरूले पनि आआफ्नो धारणा राखेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने दाबी गरेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार