गगन थापाले सरकारसँग राखे पाँच प्रश्न, बिचौलिया प्रकरणको निष्पक्ष छानबिन माग

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बालेन शाह नेतृत्वको रास्वपा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारसँग पाँच प्रश्नमा परिणाम मागेका छन्। 'प्रतिपक्षको निगरानी' अन्तर्गत आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बोल्दै उनले यस्तो माग गरेका हुन्।
सभापति थापाले प्रेस स्वतन्त्रता, कानुनी शासन, निष्पक्ष अनुसन्धान, न्यायपालिकाको स्वतन्त्रता र आर्थिक सुधारलाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरेका छन्। यी क्षेत्रमा सरकारले नसच्याए प्रतिपक्ष चुप नबस्ने उनको चेतावनी छ। उनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमा हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन्।
उनले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न पनि सरकारसँग माग गरेका छन्। पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन, परिणाम चाहिने उनको भनाइ छ।
थापाले मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल अवस्थामा पुगेको औँल्याउँदै नयाँ सरकार आएपछि पनि विदेशी लगानी आउन नसकेको बताएका छन्। देशको सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र सुधार भएको भन्दै उनले सरकारले डर र त्रास देखाउनुको सट्टा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


