१५ कात्तिक २०८३ English
English

११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १७ देखि भृकुटीमण्डपमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १७ देखि भृकुटीमण्डपमा
तस्बिर: थाहाखबर

नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ संस्करणको 'नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला' आयोजना गर्ने भएको छ। महासंघले आइतबार राजधानीमा आयोजित कार्यक्रममा मेलाबारे जानकारी दिएको हो।

नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

मेलामा २ सयभन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ। यस वर्षको मेलामा करिब १ लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार