बीपी राजमार्गमा यातायात फेरि सुरु, अवरुद्ध सबै राजमार्ग खुले

रोशी खोलाको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको बीपी राजमार्गमा यातायात सेवा फेरि सञ्चालनमा आएको छ। राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको हो।
अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले निर्माणाधीन बीपी राजमार्गको सडक कटान गरेको थियो। त्यसपछि राजमार्गमा यातायात सेवा अवरुद्ध बनेको थियो।
बीपी राजमार्ग खुलेसँगै 'अर्नब' चक्रवातको प्रभावले अवरुद्ध भएका सबै राजमार्ग सञ्चालनमा आएका छन्।
चक्रवातको प्रभावले परेको वर्षाका कारण देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

