एनपीएल: तृतराजको अर्धशतकमा जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो।
जनकपुरका लागि तृतराज दासले ६१ रन बनाए। उनले ४९ बलमा अर्धशतक पूरा गरेका थिए। दुई सिजन पोखराबाट खेलेका दासको यो एनपीएलमा पहिलो अर्धशतक हो। पोखराका शाकिबले १५ रन मात्र दिएर ३ विकेट लिए।
लक्ष्य पछ्याएको पोखराले पहिलो पावरप्लेमा २ विकेट गुमाएर ५३ रन बनाएको थियो। १० ओभर सकिँदा पोखराको रन ६६ पुगेको थियो। कप्तान कुशल भुर्तेल आउट भएपछि पोखराको रनगति सुस्त भयो।
१२औँ ओभरमा शाकिब र अर्जुन आउट हुँदा पोखराले ८३ रनमा ५ विकेट गुमायो। पोखराले ८७ रन जोड्दा ७ विकेट गुमाइसकेको छ।
खेल हेर्न त्रिवि मैदानमा जनकपुरको जर्सी र झण्डासहित समर्थकहरू पुगेका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


