दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे खेलकुदमन्त्री र कर्णालीका मुख्यमन्त्रीबीच छलफल

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्र र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीसँग छलफल गरेका छन्। छलफलमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री पनि सहभागी थिए।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २६ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको छ। प्रतियोगिताको आयोजनास्थल रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका विषयमा छलफल केन्द्रित रहेको मन्त्रालयले जनाएको छ।
प्रतियोगिता सुरु हुन करिब एक महिना बाँकी रहँदा तयारीका काममा तीव्रता दिने उद्देश्यले संघ र प्रदेश सरकारका जिम्मेवार पदाधिकारीबीच यो छलफल भएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


