१६ कात्तिक २०८३ English
English

स्वास्थ्य जटिल बनेपछि अनशनरत डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
स्वास्थ्य जटिल बनेपछि अनशनरत डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
तस्बिर: इमेजखबर

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै इलामको नारायणस्थान मन्दिर परिसरमा आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ।

इलाम अस्पतालका अनुसार डा. केसीलाई लिन सेनाको हेलिकप्टर इलाम आउँदै छ। उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकप्टर काठमाडौंबाट उडिसकेको छ।

पाँच दिनदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि चिकित्सक संघले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न माग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पनि डा. केसीको अनशनप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल वार्ता गर्न आग्रह गरेकी छन्। उनले डा. केसीले ६ महिनामै दुई पटक अनशन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार