१६ कात्तिक २०८३ English
English

सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ उजुरी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ उजुरी
तस्बिर: अनलाइनखबर

सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन्।

सोमबार बसेको समितिको बैठकमा समितिका सभापति बोधनारायण श्रेष्ठले यस विषयमा जानकारी दिएका हुन्। उनका अनुसार प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेका उजुरीको अध्ययन गरिनेछ।

उजुरीको अध्ययनपछि आउँदो बैठकबाट प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

संविधानअनुसार सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएकाहरूको नियुक्तिअघि संसदीय सुनुवाइ हुने व्यवस्था छ। उक्त प्रक्रियाअन्तर्गत सार्वजनिक रूपमा उजुरी माग गरिएको थियो, जसमा चार प्रस्तावित न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार