१६ कात्तिक २०८३ English
English

म्यासेज प्रकरणपछि सर्वोच्चमा फूलकोर्ट जारी, न्यायाधीश इजलासमा गएनन्

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
म्यासेज प्रकरणपछि सर्वोच्चमा फूलकोर्ट जारी, न्यायाधीश इजलासमा गएनन्
तस्बिर: सेतोपाटी

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालबीचको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन्। सोमबार बिहान सुरु भएको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूलकोर्ट) जारी छ।

सर्वोच्च अदालतमा सबै न्यायाधीश उपस्थित रहेर बसेको बैठक चार घण्टाभन्दा बढी समयदेखि चलिरहेको छ। सोमबारको पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू इजलासमा नगई फूलकोर्टमा निरन्तर छलफल गरिरहेका छन्।

फूलकोर्टका कारण सर्वोच्च अदालतमा सोमबारको इजलास प्रभावित भएको छ। पेसी सूचीमा परेका मुद्दाको सुनुवाइ हुन सकेको छैन।

सर्वोच्च अदालत प्रशासनका अनुसार फूलकोर्ट लम्बिने सम्भावना छ। बैठकको निष्कर्षबारे अदालतले हालसम्म केही सार्वजनिक गरेको छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार