सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको छ।
यसअघिका दुई दिनमा सुनको मूल्य साढे ११ हजार रुपैयाँ घटेको थियो। अघिल्लो दिन मात्र सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँ घटेको थियो।
चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


