धरानमा दुई राउन्ड हवाई फायरपछि २१० किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। सोमबार बिहान करिब ३ बजे दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन्।
पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना बा.१ च ५०३८ नम्बरको स्कार्पियोका चालक हुन्। अर्का एक जना को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक हुन्। दुवै गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

