१६ कात्तिक २०८३ English
English

एलपी ग्यास उद्योगहरू एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो, उद्योगीलाई कार्ययोजना बनाउन पत्राचार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एलपी ग्यास उद्योगहरू एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो, उद्योगीलाई कार्ययोजना बनाउन पत्राचार
तस्बिर: रातोपाटी

नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको जनाएको छ। एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र सहज बनाउन यो प्रक्रिया अघि बढाइएको निगमले जनाएको हो।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदाअनुसार उद्योगहरूलाई गाभ्ने तयारी गरिएको हो।

यसका लागि निगमले ग्यास उद्योगीहरूलाई कार्ययोजना तयार गर्न पत्राचार गरेको छ। उद्योगहरूले गाभिने प्रक्रियासम्बन्धी आफ्नो कार्ययोजना निगमसमक्ष पेस गर्नुपर्नेछ।

निगमले उद्योगहरू गाभिएपछि एलपी ग्यासको आपूर्ति र वितरण व्यवस्थापनमा सहजता आउने अपेक्षा राखेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार