१६ कात्तिक २०८३ English
English

पत्रकार धरपकडलगायत विवादित सरकारी गतिविधिको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पत्रकार धरपकडलगायत विवादित सरकारी गतिविधिको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग
तस्बिर: नागरिक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार धरपकडलगायत सबै विवादित सरकारी गतिविधिको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले यो माग गरेको हो।

कांग्रेसले सञ्चारगृहमा प्रहरी पसेर पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। इनम सापकोटा प्रकरणको सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्न पार्टीले संसदीय दललाई निर्देशन दिएको थियो।

बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन सकेसम्म छिटो बोलाउन पनि सरकारसँग माग गरेको छ। यस विषयमा अन्य विपक्षी दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय भएको छ। सरकार विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत चलेको भन्दै कांग्रेसले प्रतिपक्षी दलहरूको साझा मोर्चा बनाउने पहल गर्ने जनाएको छ।

चुनावबाट पाएको जनादेशले शासन चलाउने अधिकार दिए पनि संविधान र कानुनभन्दा माथि जाने छुट नदिने कांग्रेसको भनाइ छ। बैठकमा महामन्त्री प्रदीप पौडेलले सरकारले प्रतिपक्षी, संसद्, जनता र सञ्चार जगत्‌लाई हेपेर ज्यादती बढाएको आरोप लगाए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार