१६ कात्तिक २०८३ English
English

करदाता प्रोत्साहन उपहार: ४१५ रुपैयाँको तेल किनेका धनुषाका गौरीशंकरले जिते १० लाख

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
करदाता प्रोत्साहन उपहार: ४१५ रुपैयाँको तेल किनेका धनुषाका गौरीशंकरले जिते १० लाख
तस्बिर: अनलाइनखबर

सरकारले चलाएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको कारोबारका विजेता सार्वजनिक भएका छन्। सोमबार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा आन्तरिक राजस्व विभागले विजेताको कुपन सार्वजनिक गरेको हो। कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू पनि सहभागी थिए।

पहिलो पाक्षिकका १५ जना विजेताले जनही १ लाख रुपैयाँ पाएका छन्। कुपन नम्बर ०९८०४६५५८१७५ ले १० लाख रुपैयाँको बम्पर उपहार जितेको छ।

बम्पर उपहार धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ का गौरीशंकर पण्डितले जितेका हुन्। उनले बिग मार्टबाट ४१५ रुपैयाँ तिरेर तोरीको तेल किनेका थिए।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले यो कार्यक्रम गाउँ-गाउँसम्म पुर्‍याउनुपर्ने सुझाव दिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार