जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले नाम फिर्ता लिए

जापानका लागि नेपालका प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले राजदूतको संसदीय सुनुवाइ तथा नियुक्ति प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनले संसदीय सुनुवाइ समितिलाई पत्र पठाएर नाम फिर्ता लिएको जानकारी गराएका हुन्।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिएको जानकारी दिएका थिए। सभापति श्रेष्ठका अनुसार थापाले नाम फिर्ता लिने भन्दै लिखित निवेदन पठाउने कुरा गरेका थिए।
सुनुवाइका क्रममा थापाको परिवार जापानको स्थायी बासिन्दा रहेको र जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा समिति सदस्यहरूले प्रश्न उठाएका थिए।
नाम फिर्ता लिँदै लेखेको पत्रमा थापाले जनताको सेवा गर्न पद नै अन्तिम माध्यम नभएको उल्लेख गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


