१६ कात्तिक २०८३ English
English

इनम सापकोटा प्रकरणमा नाम मुछिएका न्यायाधीशबारे तथ्य संकलन गर्न नेपाल बारले बनायो समिति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इनम सापकोटा प्रकरणमा नाम मुछिएका न्यायाधीशबारे तथ्य संकलन गर्न नेपाल बारले बनायो समिति
तस्बिर: रातोपाटी

नेपाल बार एसोसिएसनले बिचौलिया इनम सापकोटासँग न्यायाधीश मुछिएको प्रकरणमा तथ्य संकलन गर्न समिति गठन गरेको छ। सोमबार, कात्तिक १६ गते बसेको बार एसोसिएसनको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।

समितिले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्नेछ। साथै, समितिले न्याय क्षेत्रको सुधारका लागि सुझाव पनि दिनेछ।

बारका अनुसार न्यायिक सुधार र न्यायालयभित्रको भ्रष्टाचारविरुद्ध छानबिन गर्ने उद्देश्यले समिति बनाइएको हो। समितिले काम सकेपछि आफ्नो प्रतिवेदन बार एसोसिएसनलाई बुझाउनेछ।

इनम सापकोटासँग न्यायाधीशहरूको नाम जोडिएको प्रकरण सार्वजनिक भएपछि न्याय क्षेत्रमा यस विषयमा छलफल र प्रश्न उठिरहेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार