१७ कात्तिक २०८३ English
English

यू–१९ एसिया कप खेल्न नेपाली टोली ओमान प्रस्थान, कात्तिक २० मा भारतसँग पहिलो खेल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
यू–१९ एसिया कप खेल्न नेपाली टोली ओमान प्रस्थान, कात्तिक २० मा भारतसँग पहिलो खेल

YouTube मा सब्स्क्राइब

एसीसी पुरुष यू–१९ एसिया कपमा सहभागी हुन नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली सोमबार पोखराबाट ओमान प्रस्थान गरेको छ। विपिनप्रसाद शर्माको कप्तानीमा रहेको १५ सदस्यीय टोली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै ओमान गएको हो। प्रतियोगिता कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा सञ्चालन हुँदै छ।

समूह 'ए' मा परेको नेपालले कात्तिक २० गते भारतसँग पहिलो खेल खेल्नेछ। त्यसपछि नेपालले कात्तिक २२ गते संयुक्त अरब इमिरेट्स र २४ गते पाकिस्तानसँग भिड्नेछ। तयारीका लागि टोलीले कात्तिक १२ देखि पोखरा रङ्गशालामा ५ दिन बन्द प्रशिक्षण गरेको थियो।

टोलीका ५ खेलाडीले यसअघि सन् २०२५ को यू–१९ एसिया कप पनि खेलिसकेका छन्। पोखरा महानगरपालिका, नेपाल क्रिकेट सङ्घ र गण्डकी प्रादेशिक क्रिकेट सङ्घले कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेका छन्। महानगरप्रमुख धनराज आचार्यले युवा खेलाडीले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

कप्तान शर्माले काठमाडौँ नगई पोखराबाटै उड्दा समय बचत भएको बताउनुभएको छ। मुख्य प्रशिक्षक वसन्त शाही ठकुरीले टेस्ट राष्ट्रसँग नडराई नतिजाको दबाब नलिई खुलेर खेल्ने बताउनुभएको छ। लामो तयारी गर्न नपाए पनि अभ्यास खेलमा खेलाडीले नयाँ सीप सिकेको उहाँको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार