१७ कात्तिक २०८३ English
English

दशैँमा घट्यो फिल्मको कमाइ, दयाहाङको भने पुनरागमन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दशैँमा घट्यो फिल्मको कमाइ, दयाहाङको भने पुनरागमन

YouTube मा सब्स्क्राइब

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यस वर्ष दशैँ लक्षित गरी प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये टीकापछि आएको ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ ले सबैभन्दा बढी कमाइ गरेको छ। कात्तिक ६ गतेदेखि प्रदर्शित फिल्मले कात्तिक १५ गतेसम्म करिब १० करोड ७७ लाख रुपैयाँ कमाएको छ र करिब ३ लाख ४६ हजार दर्शकले हेरेका छन्। टीकाअघि प्रदर्शित ‘आ बाट आमा २’ ले करिब ६ करोड २५ लाख, ‘छ माया छपक्कै २’ ले करिब ३ करोड ३५ लाख र ‘१२ गाउँ २’ ले करिब २ करोड ३० लाख रुपैयाँ कमाएका छन्।

शृङ्खलाका फिल्म भएकाले यिनलाई कम्तीमा १० करोड कमाउनुपर्ने दबाब थियो, तर दशैँअघि हलमा दर्शक कम देखिएका थिए। ‘कबड्डी ५’ को लेखन र निर्देशन रामबाबु गुरुङले गर्नुभएको हो। फिल्मका मुख्य अभिनेता दयाहाङ राईका लागि यो वर्ष पुनरागमनको वर्ष बनेको छ।

भदौ २६ गते प्रदर्शित उहाँको अर्को फिल्म ‘पेन्सन पट्टा’ ले पनि १० करोड रुपैयाँभन्दा बढी कमाएको थियो। योसँगै उहाँ यस वर्ष दुई सफल फिल्म दिने पहिलो अभिनेता बन्नुभएको छ। पछिल्ला तीन वर्षमा ‘रिमै’, ‘राजागञ्ज’ र ‘महाभोज’ सहित उहाँका १० फिल्मले अपेक्षित व्यापार गर्न सकेका थिएनन्।

राईले ‘बक्स अफिसका महानायक’ उपाधि आफूलाई भारी लाग्ने बताउनुभएको छ। उहाँले ‘कबड्डी ६’ ल्याउने तर त्यसका लागि समय लाग्ने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार