१६ कात्तिक २०८३ English
English

दशौँ राष्ट्रिय खेलकुद सुरु हुन ३० दिन बाँकी, वीरेन्द्रनगरमा काउन्टडाउन सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दशौँ राष्ट्रिय खेलकुद सुरु हुन ३० दिन बाँकी, वीरेन्द्रनगरमा काउन्टडाउन सुरु
तस्बिर: अनलाइनखबर

कर्णाली प्रदेशको सुर्खेत केन्द्र बनाएर हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ३० दिन मात्र बाँकी छ। प्रतियोगिताको ३० दिने काउन्टडाउन सोमबारदेखि सुरु भएको हो।

प्रतियोगिता मंसिर १६ गतेदेखि २७ गतेसम्म हुनेछ। सोमबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमबीच काउन्टडाउनको सुरुआत गरिएको थियो।

काउन्टडाउनको सुरुआत गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए।

कर्णाली प्रदेशले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार