१६ कात्तिक २०८३ English
English

डा. गोविन्द केसीलाई अनशन तोड्न सरकारको आग्रह, ‘अधिकांश माग पूरा भइसके’

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
डा. गोविन्द केसीलाई अनशन तोड्न सरकारको आग्रह, ‘अधिकांश माग पूरा भइसके’
तस्बिर: रातोपाटी

शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई जारी सत्याग्रह अन्त्य गर्न आग्रह गरेको छ।

मन्त्रालयले डा. केसीले उठाएका विभिन्न माग र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गर्दै अधिकांश माग पूरा भइसकेको र केही कार्यान्वयनको प्रक्रियामा रहेको जनाएको छ।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, सर्वसाधारणको सहज पहुँच तथा स्वास्थ्य शिक्षालाई व्यापारिक स्वार्थबाट मुक्त गर्नुपर्ने माग राख्दै अनशन सुरु गरेका हुन्। यो उनको १४ वर्षमा २५औँ अनशन हो।

पटक–पटकको अनशनपछि सरकारसँग भएका सम्झौताको कार्यान्वयनमाथि भने प्रश्न उठ्दै आएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार