मन्त्रिपरिषद्को निर्णय: प्रेस काउन्सिल ऐनसहित दुई अध्यादेश सिफारिस, एडीबीको ऋण स्वीकृत

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरिएको हो।
बैठकले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। कुल करिब ३०५ मिलियन डलर अर्थात् करिब ४५ अर्ब ७५ करोड रुपैयाँ बराबरको यो सहायता हो।
यस्तै, बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न अर्थ मन्त्रालयलाई सहमति दिएको छ। यो निर्णयसँगै यसअघि रोकिएको हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्ने भएको छ।
सरकारले टर्कीमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागी हुने निर्णय पनि गरेको छ। बैठकले मोही जग्गा बाँडफाँटको म्याद पनि थप गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


