लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा संरचनागत इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको तिलोत्तमाका पाण्डेलाई सो पदमा नियुक्त गरेको हो।
संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका पाण्डेले काठमाडौं महानगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका छन्। बालेन शाह मेयर हुँदा उनी काठमाडौं महानगरको संरचनागत इन्जिनियर थिए।
बिजमाण्डूका अनुसार पाण्डे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका सल्लाहकार हुन्। सो पदका लागि परेका आवेदन पन्छाएर उनलाई नियुक्त गरिएको उसको समाचारमा उल्लेख छ।
लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण, गुरुयोजना कार्यान्वयन तथा व्यवस्थापनको काम गर्दै आएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


