१७ कात्तिक २०८३ English
English

सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किए, एक विदेशीको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किए, एक विदेशीको मृत्यु
तस्बिर: क्लिकमाण्डू

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा आज बिहान दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगर र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा परेका हेलिकप्टर फिस्टेल एयर र एयर डाइनेस्टीका हुन्। लुक्लाबाट गएका ती हेलिकप्टर बिहान ८ बजेर १२ मिनेटमा फेरिचेमा अवतरण गर्ने क्रममा ठोक्किएका थिए।

अवतरणका क्रममा दुई हेलिकप्टरका पंखा जुधेर हेलिकप्टर पल्टिएको छ। घाइतेको उद्धार गरिएको छ।

मृतक विदेशी नागरिकको नाम र राष्ट्रियता तत्काल सार्वजनिक भएको छैन। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार